|
२०८३ आश्विन ५
काठमाडौं । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ संघीय संसदमा पेस गरेको छ ।
विधेयकमा कामकाजी महिलालाई ६ महिना तलबसहितको प्रसूति बिदा र गर्भवती पत्नीको स्याहारका लागि पुरुष कर्मचारीलाई ४२ दिन तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
मृत शिशु जन्मिएमा वा जन्मपछि शिशुको मृत्यु भएमा महिलाले ९८ दिनसम्म तलबसहितको बिदा पाउने प्रस्ताव पनि विधेयकमा छ ।
यस्तै, बलात्कार, हाडनाता करणी, १८ वर्षमुनिकी बालिका वा भ्रूणमा गम्भीर खराबी भएको अवस्थामा महिलाको मञ्जुरीमा जुनसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्