|
२०८२ भाद्र २९
प्रधानमन्त्री शुशीला कार्कीले नेपालको अत्यन्त आवश्यक संस्थाहरूमाथि नियोजित हमला भएको बताएकी छिन्। आइतबार सिंहदरबारमा पदग्रहण गर्दै उनले प्रहरी चौकी, अदालतका मिसिल, सिंहदरबारभित्रका कागजातहरू जस्ता मुलुक सञ्चालनमा अत्यावश्यक सम्पत्ति नष्ट गरिएको उल्लेख गरिन्।
उनले भनिन्, “प्रहरीहरू जो सुरक्षाका लागि अनिवार्य थिए, उनीहरूलाई प्रहार भयो। अदालतका फाइलहरू नष्ट भए, सिंहदरबारभित्रका कागजातहरू समेत जले। यस्तो योजनाबद्ध रूपमा किन देशका आधारभूत अंगहरूलाई टार्गेट गरिएको हो?”
कार्कीले यस्तो घटनाले आफूलाई लाज लागेको बताउँदै, “यदि यो कार्य नेपालीकै हातबाट भएको हो भने, त्यस्ता व्यक्तिलाई कसरी नेपाली भन्ने?” भन्दै गम्भीर प्रश्न उठाइन्। उनले यस्तो प्रकारको विनाशकारी कार्य पहिलो पटक देखिएको पनि बताइन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्