|
२०८२ भाद्र २८
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई आज भेटिरहेकी छन् । उनले विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरू भेटेकी हुन् ।
शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ । आज उनले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको सिभिल अस्पतालमा पुगेर घाइते भेटेकी हुन् । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्