काठमाण्डौँ । नेपाल प्रहरीले जेन(जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हिंसात्मक घटनाको अनुसन्धानका लागि सर्वसाधारणसँग सहयोग मागेको छ ।
प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएका घटनाका तस्बिर, भिडियो वा अन्य प्रमाण भए उपलब्ध गराइदिन आग्रह गरेको हो ।
‘आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईंहरूसँग छ भने कृपया हामीलाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ’, सूचनामा उल्लेख छ।
प्रहरीले त्यस्ता कुनै पनि प्रमाणहरू इमेल ठेगाना nepalpoliceinfo@gmail.com मा पठाइदिन आग्रह गरेको छ । साथै, सूचना तथा प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान र विवरण पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता पनि जनाएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्