|
२०८२ भाद्र २४
काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो।
काठमाण्डौको बानेश्वरमा रहेको संसद भवन, सिंहदरबार, विशेष अदालत हुँदै प्रधानमन्त्री निवास बालुवाटारमा आगजनी गरेका जेनजी पुस्ताले महराजगञ्जमा रहेको राष्ट्रपति भवनमा पनी आगजनी गरेका हुन् । जेनजी पुस्ताले स्वस्फूर्तः आह्वान गरेको आन्दोलन आज दोस्रो दिन पनि चलिरहेको छ ।
हिजो १९ जनाको ज्यान गएपछि अवस्था थप जटिल बनेको छ । आन्दोलनको दोस्रो दिन काठमाण्डौ उपत्यकासहित देशैभर प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन् । आज प्रदर्शनकारीले सिंहदरबारको मूल गेटमा आगजनी गरेका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्