|
२०८२ भाद्र २७
काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन् । पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् ।
पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा। सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
त्यहाँ उनीहरूले जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, संविधानविद्, कानुनविद् र अन्य व्यक्तिहरूसँग आवश्यकताका आधारमा छलफल गर्ने छन् ।
राष्ट्रपति पौडेलले आफ्नो निवासमा अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग कुराकानी गरिरहेका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्