×

पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको आदेश

साउन २२, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले विपक्षी दलका नेता खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेपछि राष्ट्रपति शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका हुन् । प्रधानमन्त्री हसिनाले राजीनमा दिएसँगै सेना प्रमुख वाकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

सोहीअनुरुप राष्ट्रपति शाहबुद्दीनले समेत सरोकारवालाई सबैलाई समेटेर अन्तरिम सरकार गठन गर्न निर्देशन दिएका छन् । राष्ट्रपति शाहबुद्दीनको सञ्चार टिमका अनुसार बंगलादेश जातीयतावादी दल(बीएनपी) की अध्यक्षसमेत रहेकी जियालाई तत्काल रिहा गर्न आदेश दिइएको हो ।

७८ वर्षीया जिया स्वास्थ्यका अवस्थाका कारण अस्पतालमा उपचाररत छिन् । उनलाई भ्रष्टाचार आरोपमा शेख हसिना सकारले १७ वर्ष जेल सजाय सुनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: