संसदमा जारी अवरोधबारे छलफलमा जुटे विपक्षी दल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २३

काठमाण्डौँ । संसदमा जारी अवरोधबारे छलफलका लागि विपक्षी दलहरूको बैठक बसिरहेको छ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि जारी अवरोधबारे छलफल भइरहेको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा दलहरूको बैठक बसिरहेको छ । बैठकमा माओवादीसँगै रास्वपा, एकीकृत समाजवादीका नेताहरूको सहभागिता छ।

प्रतिनिधिसभा बैठक पछिल्लो पटक सरेको सर्‍यै छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका छन् । रास्वपाले भने गृहमन्त्री लेखकले राजीनामाको माग राख्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *