महालक्ष्मी विकास बैंकलाई भारतीय प्रतिष्ठित अवार्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १५

काठमाण्डौ, भदौ १५ –
महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ताबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड प्राप्त भएको छ। अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस मा बैंकलाई “सम्पत्ति गुणस्तर” विधामा सम्मानित गरिएको हो।

बैंकले सम्पत्ति संरचना, प्रभावकारी परिचालन तथा गुणस्तर सुधारमा पुर्‍याएको योगदानका आधारमा उक्त अवार्ड प्राप्त गरेको हो। बिमस्टेक क्षेत्रका विभिन्न मुलुकका बैंकहरुको सहभागिता रहेको उक्त कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै मान्यताप्राप्त मानिन्छ।

यस्तै, हालै महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवा सम्बन्धी समझदारी भई भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न सकिने प्रणाली सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *