आप्रवासी नीतिमा ट्रम्प प्रशासनको जित: शरणार्थीहरूलाई तेस्रो मुलुक पठाउने बाटो खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १४

काठमाडौँ — अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आप्रवासीहरूलाई उनीहरूको मूल देशबाहेक अन्य मुलुकमा पठाउने प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।

सर्वोच्चको मंगलबारको आदेशले तल्लो अदालतले लगाएको रोक तत्काल कार्यान्वयन नगर्न अनुमति दिएपछि प्रशासनलाई तेस्रो मुलुकमा निर्वासन गर्न सहज भएको हो।

तर यो अन्तिम फैसला भने होइन। नीतिको कानुनी वैधताबारे सर्वोच्च अदालतले आगामी डिसेम्बरमा पूर्ण सुनुवाइ गर्नेछ। यस नीतिअन्तर्गत हालसम्म २९ मुलुकमा २५ हजारभन्दा बढी आप्रवासी पठाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *