|
२०८३ आश्विन १४
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्कालका लागि मितिविहीन भए पनि सरकारले त्यसका लागि आवश्यक तयारी अघि बढाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय पक्षबाट प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो प्राप्त भइसकेको छ। तर भ्रमण कहिले हुने भन्ने विषयमा भने अहिलेसम्म सहमति जुटिसकेको छैन।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएका मन्त्री खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपयुक्त समय मिलाएर भ्रमण अघि बढाइने बताए। उनका अनुसार सरकारको प्राथमिकता भ्रमणलाई औपचारिक भेटघाटमा सीमित नगरी ठोस उपलब्धि हासिल गर्ने बनाउने रहेको छ।
नयाँ सरकार गठन भएलगत्तै भारतले प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो दिएको थियो। अब दुवै देशबीचको समन्वयपछि भ्रमणको मिति तय गरिनेछ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्