काठमाण्डौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतकाकार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास, दैवी प्रकोप व्यवस्थापन, मानव सेवा र दिगो विकास जस्ता क्षेत्रहरूमा बैंकले आफ्नो प्रतिबद्धता झल्काउने खालकाकार्यहरू सञ्चालन गरेको हो।
बाजुराको मार्तडीस्थित शाखामार्फत श्री लक्ष्मी माध्यामिक विद्यालयका आर्थिक रूपमा कमजोर तथा अध्ययनमा अब्बलविद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ। यसले विद्यार्थीहरूलाई अध्ययनमा थप सहजता पुर्याउने विश्वासलिइएको छ।
यस्तै, पाटन नगरपालिका–०१, मेल्चौरा बैतडीमा रहेको श्री सिद्धेश्वर माध्यामिक विद्यालयलाई शौचालय निर्माणका लागिबैंकको पाटन–बैतडी शाखामार्फत आर्थिक सहयोग प्रदान गरिएको छ। ८०० विद्यार्थी र ३० शिक्षक/कर्मचारी भएको उक्तविद्यालयमा स्वच्छतासम्बन्धी पूर्वाधार आवश्यक रहेको र सम्भावित सरुवा रोगबाट जोगिन सहयोग पुग्ने उद्देश्यका साथसहयोग गरिएको हो।
कञ्चनपुरको महेन्द्रनगर शाखाले श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामग्री प्रदान गरेको छ।यसैगरी, बुढानीलकण्ठ नगरपालिका–४, क्वाँटोल स्थित श्री मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११जना विद्यार्थीहरूलाई राउण्ड टेबल नेपालसँगको सहकार्यमा छात्रवृत्ति वितरण गरिएको छ।
गर्मीको समयमा नागरिकलाई राहत दिन कलैया शाखाले सर्वसाधारणका लागि निःशुल्क सर्वत पानी वितरण गरेको छ।साथै, प्रहरी वृत मालीगाउँ, काठमाण्डौंमा खटिने सुरक्षाकर्मीहरूलाई सहजता होस् भनेर खानेपानी वितरण गरिएको छ।
मानव सेवा अभियान अन्तर्गत, रोटरी क्लब अफ वीरगञ्जसँगको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिमहात वितरण गर्न आर्थिक सहयोग गरिएको छ। यस्तै, रोटरी क्लब अफ गैँडाकोटसँगको साझेदारीमा नवदुर्गा आधारभूतविद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग गरिएको छ।
यी विविध कार्यक्रमहरू बैंकको सामाजिक उत्तरदायित्वप्रति उच्च जिम्मेवारीबोधको संकेत हुन्। बैंकले विश्वास लिएको छकि यस्ता प्रयासहरूले समग्र आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउनेछ।
डिजिटल बैंकिङ्गमा नयाँ पहिचान – “महालक्ष्मी स्मार्ट साथी”
सामाजिक उत्तरदायित्वसँगै बैंकले प्रविधिमा आधारित सेवा सशक्तिकरणतर्फ पनि ध्यान केन्द्रित गरेको छ। अत्याधुनिक, सुरक्षित र सहज डिजिटल सेवा प्रवाह गर्ने नीति अनुरूप बैंकले आफ्नो मोबाइल एप्लिकेसन परिष्कृत गर्दै “महालक्ष्मीस्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।
उक्त एपमार्फत ग्राहकहरूले मोबाइल बैंकिङ, बिल भुक्तानी, रकम स्थानान्तरण, खाताको जानकारी, लोन विवरणलगायतका बैंकिङ सेवाहरू सहज र छरितो ढंगले प्राप्त गर्न सक्नेछन्। एपको प्रयोगकर्ता अनुभव अझ उत्कृष्ट बनाउनसुरक्षा, सहजता र आधुनिक प्रविधिको समावेश गरिएको छ।
महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व तथा डिजिटल सेवा विस्तारलाई सँगसँगै अघि बढाउँदै ‘समृद्ध नेपाल, समावेशी बैंकिङ’ को मूल नारालाई आत्मसात् गर्दै आफ्नो यात्रा अघि बढाइरहेको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्