|
२०८३ आश्विन १४
दाङ — दसैँ, तिहार र छठ नजिकिएसँगै घोराहीस्थित साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्ने उपभोक्ताको संख्या बढेको छ।
साल्टट्रेडिङ घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार अहिले दैनिक ३ सयभन्दा बढी उपभोक्ता पसलमा पुग्ने गरेका छन्। बजारभन्दा सस्तो मूल्यमा सामान पाइने भएपछि उपभोक्ताको आकर्षण बढेको हो।
सुपथ पसलमा चिनी प्रतिकिलो १ सय रुपैयाँ र नुन २४ रुपैयाँमा बिक्री भइरहेको छ। एक जनाले एकपटकमा बढीमा ६ किलो चिनी र ६ किलो नुन खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
चाडपर्वका बेला बजारमा मूल्य बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर उपभोक्तालाई राहत दिने उद्देश्यले असोज १ गतेदेखि सञ्चालन गरिएको पसल कात्तिक ३१ गतेसम्म खुला रहनेछ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्