महालक्ष्मी विकास बैंक र HDFC बैंकबीच सीमा-पार भुक्तानी सेवा विस्तारको समझदारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १८

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको अग्रणी निजी क्षेत्रको बैंक HDFC बैंकबीच सीमा-पार डिजिटल भुक्तानी सेवा विस्तारका लागि रणनीतिक समझदारी भएको छ। यस सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंक भारतबाट नेपालमा रकम स्थानान्तरण गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याउने पहिलो विकास बैंक बनेको छ।

समझदारी अनुसार अब भारतमा रहेका व्यक्तिहरूले HDFC बैंकमार्फत नेपालमा महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन्। यसका लागि NEFT, RTGSFund Transfer जस्ता इलेक्ट्रोनिक माध्यमहरूको प्रयोग गर्न सकिनेछ। साथै भारतमा रहेका अन्य बैंकका चेकहरू जम्मा गरेर पनि नेपालमा रकम पठाउन सकिनेछ।

यस सेवामार्फत महालक्ष्मी विकास बैंकले HDFC बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट प्रणाली (CMS) अन्तर्गतको CMS चेक कलेक्सनइलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवा पहुँचमा ल्याएको छ। यसले सीमा-पार व्यापार, रेमिट्यान्स तथा व्यक्तिगत भुक्तानीमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास गरिएको छ।

बैंकका अनुसार, दुवै संस्थाले सम्पूर्ण प्रक्रियागत काम पूरा गरी प्रारम्भिक परीक्षण कारोबार (trial transactions) पनि सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

यस नविन प्रणालीमार्फत नेपाल-भारतबीचको बैंकिङ्ग सहकार्य थप सुदृढ हुने विश्वास बैंकले लिएको छ। सीमापार व्यापार, रेमिट्यान्स तथा अन्य भुक्तानीका क्रियाकलापमा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ।

डिजिटल सेवाको सन्दर्भमा, हालै महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्डको सुविधा समेत थप गरेको छ, जसले डिजिटल कारोबारलाई थप सहज बनाएको छ।

सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले देशभरि १०३ शाखामार्फत ८ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। HDFC बैंकसँगको यो सहकार्य बैंकको सेवा विस्तार र डिजिटल नवप्रवर्तनको प्रतिबद्धतालाई अझ मजबुत बनाउने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *