नेपालका १० वटा चिया उत्पादक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकनमा नेपालका १० चिया उत्पादक संस्थाले अवार्ड प्राप्त गरेका हुन् । चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको प्रतिस्पर्धामा चीन, भारत, केन्या, श्रीलंकाजस्ता मुलुकलाई पछि पार्दै नेपालका १० वटा चिया उत्पादक संस्थाले अवार्ड प्राप्त गरेका हुन् ।
जसमध्ये ग्रान्ड गोल्ड मेडल जित्ने एउटा, स्वर्ण पदक जित्ने पाँचवटा र रजत पदक जित्ने चारवटा चिया उत्पादक तथा ब्रान्डहरु छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज (बिहीबार) एक कार्यक्रम आयोजना गरी अवार्ड विजेताहरुलाई अवार्ड तथा सम्मान गरेको छ । बोर्ड यो अवार्ड प्राप्त गर्नुले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात बढ्नेमा विश्वास लिएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया