पोखरामा पर्यटकसँग दसैँ मनाउने तयारी, कात्तिक ८ मा महोत्सव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १४

कास्की — पोखरामा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली दसैँको संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले विशेष महोत्सव आयोजना हुने भएको छ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुने भएको हो।

‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ नारासहित हुने महोत्सवमा पर्यटकलाई टीका–जमरा लगाउने, चङ्गा चेट प्रतियोगिता तथा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति राखिनेछ।

महोत्सवमा स्थानीय परिकार, कला, परम्परागत सामग्री र उत्पादनसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रमले पोखराको पर्यटनसँगै स्थानीय संस्कृति र मौलिकतालाई पर्यटकमाझ चिनाउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *