सुनको मुल्यमा भारी वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १६

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएकोमा आज १८०० रूपैयाँले बढेर १ लाख ४७ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १७ सय ८० रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *