नारायणी किनारमा तीन जनाको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २५

काठमाडौं : पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको छ। गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी पूर्व-नवलपरासीका डिएसपीले जानकारी दिए।

मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो। मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०/४५ वर्षीय पुरूष र अन्दाजी ४०/४५ वर्षीया महिला छन्। उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको हो।

घटनास्थलमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारको कमाण्डमा ८ जनाको टोली खटिएको छ। मृतक तीनै जनाको सनाखत गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।

माछा मार्न गएका माझीले देखेर प्रहरीलाई बोलाएका थिए। शव बगाएर ल्याएको आशंका गरिएको डिएसपी पौडेलले बताए। ‘एकै ठाउँमा तीन जनाको शव फेला परेको हो। नदी किनारमा बगाएर ल्याउँदा अड्काउन सक्ने खालको ठाउँ छ। त्यही फेला परेको हो,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *