×

काठमाडौंको गेष्ट हाउसमा एक पुरूष मृत फेला

मंसिर १२, २०७९ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौंस्थित एक गेष्ट हाउसमा एक व्यक्ति मृत फेला परेका छन्। 

पाल्पा बर्तुङ्ग गाउँपालिका-६ का ६० वर्षीय कुमार चन्द्र कोइराला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

उनका अनुसार कोइराला काठमाडौं महनगरपालिका-१६ माछापोखरीस्थित पाल्पा तिनाउ फूलबारी गेष्ट हाउसमा बसेका थिए।

१०५ नम्बर कोठामा मंसिर १० गतेदेखि बस्दै आएका उनी आइतबार मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक मैनालीले बताए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: