सोलुखुम्बुको लिखुपिकेमा ट्याक्टर दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ९

चैत, सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । लिखुपिके गाउँपालिका वडा नम्बर २ गोलीबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको ढुङ्गा लिन एर्माखु हिडेको ना ३ त ४४७३ नम्बरको ट्याक्टर लिखुपिके गाउँपालिका वडा नम्बर २ स्थित एर्माखुमा ब्रेक फेल भएर पल्टिएको चालक रमेश घिमिरेले बताएका छन् ।

चालक घिमिरेले दिएको जानकारी अनुसार ट्याक्टर पल्टिदा लिखुपिके गाउँपालिका वडा नम्बर २ का बलराम कार्की , अर्जुन बस्नेत र सोही वडाका बिक्रम सुनुवार घाइते भएका छन् भन्ने ट्याक्टर चालक लिखुपिके गाउँपालिका वडा नम्बर १ काप्ति का रमेश घिमिरे सामान्य घाईते भएको स्थानिय रामबहादुर बस्नेतले जानकारी दिनु भयो । उहाँको अनुसार घाइतेहरुको स्वास्थ चौकी चौलाखर्कमा उपचार भईरहेको छ । ट्याक्टर सड्क बाट केही तल उतिसको रुखमा अड्कियकोले थप दुर्घटना हुँनबाट जोगिएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *