×

सोलुखुम्बुको दिप्लीघाटमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भदौ २३, २०७८ | दाक्सु मिडिया

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ दिप्लीघाटमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक उदयपुरको कटारी घर भएका २५ बर्षीय रमेश राउत रहेका छन् ।

सल्लेरीबाट सामान लिएर सोताङ तर्फ जाँदै लु ३ त ५४५० नम्बरको ट्रयाक्टर बुधबार विहान १० बजे दुर्घटना हुँदा सहचालक ऐसेलुखर्क खोटाङका १८ बर्षीय प्रदिप दहाल घाईतेको भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उक्त ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: