कालीकोटमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, २ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३१

सुर्खेत : कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

आइतबार बेलुका कालीकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे२त २६१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक चिङ्गाड गाउँपालिका सुर्खेतका २७ वर्षीय वीर परियार रहका छन् । दुर्घटनामा चालकसहित तीन जना व्यक्ति घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ लगिएकोमा चालक परियारको सोमबार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *