|
२०८२ श्रावण ३
काठमाण्डौँ । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ ।
सिमकोट गाउँपालिका १ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको हो ।
१४ जना घाइतेमध्ये सिमकोट गाउँपालिका २ का कुम्मेर भण्डारी, खार्पुनाथ गाउँपालिका(३ का हर्क रावल, वडानम्बर २ का पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
रिफर गरिएका घाइतेहरुको कसैको हात, खुट्टा भाँचिएको छ भने कसैको पेट, टाउँकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । अन्य १० जनाको जिल्ला अस्तालमै उपचार भइरहेको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्