×

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ सडकमा उत्रिए

चैत्र ९, २०७८ | दाक्सु मिडिया

चैत, ललितपुर – ठेकेदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका स्थानीयबासीले सडक अवरूद्ध गरेका छन्।
मंगलबार बिहानैदेखि सुनाकोठी(चापागाउँ जाने सडक स्थानीयले अवरूद्ध गरेको ललितपुर महानगरपालिका(२७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए।
सडक कालोपत्र गर्न माग गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि प्रदर्शनमा उत्रिएका छन्।
‘कालोपत्र नगरेसम्म बाटो बन्द, वैकल्पिक बाटो प्रयोग गर्नुहोला’ भन्ने लेखिएको प्लेकार्ड बोकेर श्रेष्ठ सडकमा उभिएका छन्।
प्रदर्शनको तस्बिर फेसबुकमा राख्दै श्रेष्ठले लेखेका छन्, ‘दिनमा हजारौं गाडी गुड्ने सुनाकोठीको बाटो दसौं वर्षदेखि यत्तिकै छ।घाममा धुलो बाक्लिँदो, बर्षामा हिलो बाक्लिँदो, सुनाकोठीका जनताहरूको स्वास्थ्यमा रोग बाक्लिँदो, पातलो न पातलो पिच गरेर कत्ति न राम्रो सडक बनाएजस्तो गरी दिनु हुने ठेकेदार महासयहरूको खल्ती बाक्लो। सबथोक बाक्लो सिर्फ पिच मात्र पातलो।पैसा त देश बनाएर पनि कमाउन सकिन्छ। देश बिगारेर पैसा कमाउने बुद्धि कहिलेसम्म बाक्लिने हो खै।।।।’
झन्डै डेढदेखि दुई किलोमीटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले नबनाएको भन्दै सुनाकोठीका स्थानीय आक्रोशित भएका हुन्।
‘काम जम्मा दुई दिनको छ। तर ठेकेदारले नबनाइदिएपछि स्थानीयहरू आक्रोशित भएर आज अवरोध गरेका हुन्,’ वडाध्यक्ष महर्जनले भने, ‘डेढदेखि दुई किलोमिटरको बाटोमात्रै हो।’
उनका अनुसार सडक निर्माण गरिदिन भन्दै ठेकेदारलाई पनि बोलाइएको छ।स्थानीयले सडक अवरोध गरेपछि कम्पनीले ‘बेस’ हाल्न माटो पनि झारिसकेको उनले बताए।यसअघि पनि सुनाकोठीबासीले सडक निर्माण गरिदिन भन्दै सडक अवरोध गरेका थिए।स्थानीय तथा नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले सडक अनिश्चितकालका लागि अवरोध गरेको बताए।
‘पटक पटक दबाब दिँदा पनि सडक बनाएनन्। त्यसैले आज स्थानीयले बिहान आठ बजेदेखि सडक अवरोध गरेका हुन्,’ उनले भने, हिलेजस्तो साँझ परेपछि सडक खुलाउने भन्ने स्थानीयको मनसाय केही छैन।’दबाब दिने बित्तिकै सडक निर्माण गर्न आएको भन्ने सुनेपछि आफू हेर्न जान लागेको पनि बताए। ‘यसरी नै पहिले पनि दुई दिन काम गरे जस्तो गरेर स्थानीयलाई झुलाइराखेका थिए।’ उनका अनुसार ठेकेदार कम्पनीले सो सडक गत वर्षमै पीच गरेका थिए। तर सो सडक तीन महिना नबित्दै भत्कियो। जसमा दुई महिना त लकडाउन नै भएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: