रातको समयमा जथाभावी सडकमा माटो खसाल्नेलाई ललितपुर महानगरको कारबाही

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ३

विभिन्न घर तथा भवन निर्माणको क्रममा खनिएको माटो सडकमा खसालेर नगर प्रदूषित बनाएको भन्दै ललितपुर महानगरपालिकाले निर्माण कम्पनीलाई कारबाही गरेको छ।

महानगरपालिका यसअघि नै सडकमा माटो नखसाल्न, खसालेको भए तत्काल उठाउने व्यहोराको सूचना सार्वजनिक गरिसकेको थियो।

उक्त सूचनालाई अवज्ञा गर्दै गएराति सडकमा जथाभावी माटो खसालिएको पाइएपछि कानुनअनुसार कारबाही गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।

निर्माण कम्पनीले रातिको समयमा माटो बाहिर पठाउने गरेको र त्यहाँबाट निस्कने ट्रकले माटो खसाल्दा सडकमा धुलो-हिलो बढेको र नगर नै प्रदूषित भएको मेयर महर्जनले बताए।

महानगरले निर्माण कम्पनीलाई सडकमा माटो नखसाल्न र निर्माण सामग्री नथुपार्न पटक पटक सूचीत गर्दै आएको समेत उनले जानकारी दिए। ‘सुरुमा सचेत गराउँछौँ, अटेर गर्नेलाई कानुनअनुसारको कारबाही गर्छौं,’ उनले भने,‘हिजो राति नर्भिक अस्पतालको भवन बनाउने रोशन कन्टछ्रक्सनले ललितपुरका विभिन्न ठाउँमा राती माटो र फोहोर फालेकाले कारबाहीको दायरामा ल्याएका हौ।’

रातीको समयमा ललितपुरको पुल्चोक, जावलाखेल, मानभवन, सातदोबाटोका सडकमा अन्य सवारीलाई असर गर्ने गरी माटो खसालिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *