×

डुंगा नहुँदा उद्धारमा समस्या भयो, अब किन्छौं: मेयर महर्जन

अशोज १७, २०८१ | दाक्सु मिडिया

काठमाडौं : ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ। मेयर चिरीबाबु महर्जनले डुंगा नहुँदा उद्धारमा समस्या भएको बताए।

सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरका मेयर महर्जनले डुंगा नहुँदा उद्धार गर्न समस्या भएकोले अब महानगरले नै डुंगा किन्ने बताएका हुन्।

हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको उनले बताए। ‘अब पाँच वटा डुंगा किन्छौं,’ उनले भने। आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने उनको भनाइ छ।

‘चार-पाँच वटा डुंगा किनेर राख्छौं। यो पटक हामीले डुंगा नभएर साह्रै दुःख पायौँ, त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं,’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: