‘ट्याक्सी जलाएको’ विरोधमा उत्रिए ट्याक्सी व्यवसायी

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २४

काठमाडौं – बन्दको नाममा ट्याक्सी जलाएको भन्दै ट्याक्सी व्यवसायी विरोधमा उत्रिएका छन्। गत बिहीबार प्रचण्ड(नेपाल समूहले बन्द गरेको थियो। बन्दमा ट्याक्सी चलाएको भन्दै गोंगबुमा बन्दकर्ताले ट्याक्सी जलाएका थिए।

सोहीको विरोधमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर, शान्ति सुरक्षा कायम गर, पेशागत मर्यादा र सुरक्षाको निम्ति सामूहिक ऐक्यवद्धता नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन्।

यस्तै उनीहरूले ट्याक्सी व्यवसायी तथा मजदूर एक हौं, यातायात दलाल होसियार, राजनीतिक हस्तक्षेप बन्द गर, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गरलगायत नारा लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *