शिक्षा विधेयक पारितको तयारी गर्दै सरकार, निजी विद्यालय सञ्चालकहरु सडकमा उत्रिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ५

काठमाण्डौँ । सरकार शिक्षा विधेयकलाई अन्तिम रुप दिन सिंहदरबारमा जुटिरहेका निजी विद्यालय सञ्चालकहरू भने आन्दोलन गर्दै सडकमा उत्रिएका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका चार वटा संस्थाले आज बिहीबार काठमाडौँको माइतीघरमा विभिन्न पाँच बुँदे माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।

नयाँबानेश्वर चोकसम्म र्‍याली निकाली पुन माइतीघर फर्किएर कोणसभा गर्ने उनीहरूको तयारी छ । विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ । ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्नेलगायतका माग निजी विद्यालयको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *