आन्तरिक उडानतर्फको अग्रिम टिकट बुकिङ खुल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३१

काठमाडौँ – वायुसेवा सञ्चालक संघले चाडपर्वलाई लक्षित गरि अन्तरिक उडानतर्फ अग्रमि टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । यात्रुको सहजताका लागि संघले असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो ।

आगमी शुक्रबार बैठक बसेर यससम्बन्धी निर्णय गरिने संघका प्रवक्ता योगराज कँडेलले बताए । दसैं, तिहार तथा छठ पर्वका अवसरमा उपत्यका छाड्ने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलको भनाइ छ ।

शुक्रबारको बैठकले विभिन्न गन्तव्यमा उडान थप्ने तथा बुकिङ खुला गर्ने मितिबारे निर्णय गर्ने उनले बताए । हाल आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ जहाजले उडान भर्दै आएका छन् । दैनिक १५० भन्दा बढी नियमित उडान हुँदै आएकोमा चाडपर्वका अवसरमा यात्रुको चाप उच्च देखिने हुँदा उडान थप्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *