×

‘दसैँका लागि अग्रिम टिकट खुलाउने निर्णय भएको छैन’

अशोज २, २०७८ | दाक्सु मिडिया

काठमाडौं । दसैँका लागि अग्रिम टिकट खुलाउने निर्णय नभएको यातायात व्यवसायीले स्पष्ट पारेका छन् ।

भाडा समायोजन लगायतको केही महत्वपूर्ण कुराका बारेमा महासघंको आन्तरिक बैठक बसेर मात्रै अग्रिम टिकट खुलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए ।

अग्रिम टिकटको विषयमा प्रधानमन्त्री कार्यालय र यातायात व्यवस्था विभागसँग छलफलमा बसिसकेको र ७ गते महासंघको आन्तरिक बैठक बस्ने त्यसपछि मात्रै निर्णय गरिने उनको भनाइ छ ।

टिकट खुलाउनु अगाडि सरकारले भाडा समायोजन, स्वास्थ्य प्रोटोकल र गाडी चल्न पाउने सुनिश्चित गरिदिनुपर्ने उनको तर्क छ ।

त्यसैगरी सरकारले व्यवसायीलाई राम्रोसगँ गाडी चलाउन सक्ने वातावरण शृजना गरिदिनुपर्ने उनको माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: