आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सेवा सुचारु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ९

९ असार, काठमाडौं । निषेधाज्ञा खुकुलो बनाइए सङ्गै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सूचारुमा ल्याउने निर्णय भएको छ। मन्त्रिपरिषद्ले उक्त निर्णय गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको हो ।

उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् ।

साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो ।

सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा भोलीबाट नै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *