×

सडक मर्मत नगरे दसैँका लागि टिकट बुकिङ नखुलाउने चेतावनी

अशोज ६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । यातायात व्यवसायीहरूले सडक मर्मत नगरे दसैँका लागि अग्रिम टिकट बुकिङ नखुलाउने चेतावनी दिएका छन् ।

लामो तथा छोटो दूरीका अधिकांश सडकमा पहिरो गएको र खाल्डाखुल्डी परेको भन्दै सडक मर्मत नहुँदै दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीले चेतावनी दिएका हुन् ।

सबैतिर सडक भत्किएको र त्यसको मर्मतमा सरकारले चासो नदिएको भन्दै उनीहरूले सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आज यातायात व्यवसायी, सडक विभाग र यातायात व्यवस्था विभाग बीच भएको छलफलका क्रममा व्यवसायीहरूले सडकको अवस्था सुधार्न आग्रह गरेका हुन् ।

छलफलका क्रममा व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न आग्रह गरेका हुन् ।

यातायात व्यवसायी केन्द्रीय महासंघका सचिव सरोज सिटौलाले दसैँको टिकट बुकिङ मात्रै खोलेर नहुने बताए । उनले सडकको अवस्था निकै भद्रगोल र अव्यवस्थित भएकोले मर्मत गर्नतर्फ सरकारले चासो दिनुपर्ने पनि बताए । उनले यसबारेमा भोलिपनि यातायात विभागसँग छलफल गरिने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: