×

बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या, तीन जना प्रहरीको नियन्त्रणमा

कार्तिक ११, २०८१ | दाक्सु मिडिया

काठमाडौं : बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ। शनिबार साँझ महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार घटना शनिबार बेलुका ७/८ बजेबीच भएको थियो। श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो।

‘भट्टी पसल र घर ६ सय मिटरको दुरीमा रहेछ,फर्किँदै गर्दा धारिलो हतियार प्रहार हुँदा गरी गर्धनमा चोट लागेको थियो,’ डिएसपी सापकोटाले भने, ‘ उपचारको क्रममा हिजै प्रादेशिक अस्पतालमा मृत्यु भयो।

यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म कुनैपनि कारणहरू नखुलेको डिएसपी सापकोटाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: