|
२०८१ कार्तिक ११
काठमाडौं : बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ। शनिबार साँझ महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार घटना शनिबार बेलुका ७/८ बजेबीच भएको थियो। श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो।
‘भट्टी पसल र घर ६ सय मिटरको दुरीमा रहेछ,फर्किँदै गर्दा धारिलो हतियार प्रहार हुँदा गरी गर्धनमा चोट लागेको थियो,’ डिएसपी सापकोटाले भने, ‘ उपचारको क्रममा हिजै प्रादेशिक अस्पतालमा मृत्यु भयो।
यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म कुनैपनि कारणहरू नखुलेको डिएसपी सापकोटाले जानकारी दिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्