×

माधव समूहको नयाँ दल: एमाले समाजवादी नाम, चुनाव चिन्ह खुला किताब

भदौ २, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एमाले विभाजन गर्दै नयाँ दल दर्ता गर्ने घोषणा गरेको माधव कुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह फाइनल गराएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा जान लागेको नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह केही बेरअघि निश्चित गरेको हो ।

स्रोतका अनुसार नाम नेकपा एमाले (समाजवादी) राख्ने तय भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: