काठमाडौं । बुधबार नेपाली राजनीतिमा दुई दलहरु फुटेका छन् । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेकै दिन जसपा पनि फुटेको छ ।
११ साउनमा आधिकारिकता गुमाएर पार्टीविहिन भएका नेता महन्थ ठाकुरले सरकारले आफूलाई सजिलो हुने अध्यादेश ल्याइदिएपछि निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् ।
दलको नाम जसपा लोकतान्त्रिक राखिएको छ भने चुनाव चिन्ह साइकल राखिएको छ । नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने उल्लेख छ।
एकल अध्यक्ष प्रणाली राखिएको नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया