एमाले समाजवादीः अध्यक्ष माधव, झलनाथ वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २

काठमाडौं । नेकपा एमाले विभाजन गरेका माधव नेपालले आफ्नो अध्यक्षतामा नयाँ दल दर्ता गरेका छन् ।

उनी अध्यक्ष रहेको एमाले समाजवादी पार्टीमा झलनाथ खनाल बरिष्ठ नेता रहेका छन् । त्यस्तै बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।

यसअघि खुला किताब चुनाव चिह्न राखेको भएपनि उक्त चिह्न उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि अहिले चुनाव चिह्न तोकिएको छैन। नेता पाण्डेले छलफलपछि चुनाव चिह्नबारे निर्णय गर्ने जानकारी दिए।

दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले समाजवादीमा आउन आग्रह गर्छौ’, पाण्डेले पत्रकारहरूसँग भने ।

उनका अनुसार साविक नेकपा एमालेका ३१ सांसद नयाँ पार्टी एमाले समाजवादीमा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *