अब काठमाडौंमा राति ८ बजेपछि सवारीसाधन चलाउन रोक

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २६

काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

वैशाख १६ देखि काठमाडौँमा जारी निषेधाज्ञालाई पछिल्लो समय खुकुलो बनाइएको थियो । तर कोरोना संक्रमण बढ्दै गएको कारण निषेधाज्ञालाई कडाई गर्दै ८ भदौसम्म समय थप्ने निर्णय भएको छ ।

नयाँ मोडालिटी अनुसार विहिबार (पर्सि)देखि साँझ ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।

तर अत्यावश्यक कामका सवारी साधनहरुलाई भने कुनै रोकतोक नहुने उनले बताए । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *