१४ असार, काठमाडौँ । उपत्यकामा लागु गरिएको निषेधाज्ञा अझ खुकुलो बनाइएको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा एक साता थपेको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए अनुसार अबको निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस पनि चल्न दिने निर्णय गरिएको छ । तर सार्वजनिक यातायात पनि निजी यातायातमा जस्तै जोरविजोर लागु हुनेछ।
बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने छ ।
गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन । निजी सवारीसाधनसमेत जोरविजोरमा अघिल्लो सातादेखि सञ्चालनमा आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया