काठमाडौं । वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन्।
त्यस्तै, हाल उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित छन्।
काठमाडौंमा ७ हजार ८६७, भक्तपुरमा १ हजार ४ सय ७४ र ललितपुरमा २ हजार २ सय ९० संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया