थपिए २,२९७ कोरोना संक्रमित, ४६ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ७

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै ४६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्याङ्क अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सङ्गै देशभर ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या भने ५३ हजार ९४० रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *