कोरोना अपडेट : थपिए ५१५३ कोरोना संक्रमित, १०८ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २५

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। साथसाथै १०८ सङ्क्रमितले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *