|
२०८३ भाद्र २९
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन पार्टीका सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले महाधिवेशनलाई पार्टीको राजनीतिक तथा सांगठनिक जीवनको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे। महाधिवेशनमा कुनै असहमति वा गुनासो भए त्यसलाई छलफल र सहमतिमार्फत समाधान गर्न सकिने भन्दै सबैलाई सहभागी हुने वातावरण बनाउन कांग्रेस प्रतिबद्ध रहेको बताए।
बैठकले महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावलीसमेत स्वीकृत गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्