|
२०८३ भाद्र २९
एजेन्सी । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले एल्भर्सबर्गलाई २–१ ले हराएको छ। बायर्नको जितमा ह्यारी केनले निर्णायक गोल गरे।
बायर्नका लागि लेनार्ट कार्लले २६औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। ६१औँ मिनेटमा एल्भर्सबर्गका मौरिस क्राटेनमाकरले बराबरी गरे।
केनले ७२औँ मिनेटमा गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए। यो बायर्नका लागि सबै प्रतियोगितामा केनको १५०औँ गोल हो। बुन्डेसलिगामा भने उनले ९७ खेलमा ९९ गोल गरेका छन्।
जितसँगै बायर्नले लिगमा दुई जित र एक बराबरीसहित ७ अंक जोडेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्