×

सार्वजनिक सवारीमा जोरबिजोर लागु गर्नेबारे आज निर्णय गरिने

असार १४, २०७८ | दाक्सु मिडिया

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लागु गरिने भएको छ । तीनै उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकद्वारा सो निर्णय गरीएको हो ।

अहिले बिहान १० बजे निषेधाज्ञाको मोडालिटीबारे अन्तिम टुङ्गो लगाउन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

बैठक पश्चात निषेधाज्ञा कस्तो बनाउने भन्नेबारेमा सूचना जारी गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललिपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनका अनुसार २० सिट क्षमताभन्दा बढी क्षमता भएका सवारीमा जोर बिजोर लागु गरिनेबारे छलफल भइरहेको र आज बिहान १० बजेसम्म निर्णय निकालिनेछ ।

सार्वजनिक सवारी सञ्चालन गर्दा हुने भिडभाड क्षेत्र र अन्य भिडभाड हुने क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: