×

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइने

असार ६, २०७८ | दाक्सु मिडिया

६ असार, काठमाडौं । उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गरिने तयारीको लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिए । उनका अनुसार व्यापार–व्यवसाय लगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल भइसकेको छ। साथै सार्वजनिक सवारी–साधनलाई पहिलाकै नियम कायम गर्ने र निजी सवारी–साधनको हकमा जोर–बिजोर लागु गरिने विषयमा छलफल भइसकेको पनि उनले बताए।

गएको बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ ।

अब थपिने निषेधाज्ञामा व्यावसायिक अन्य प्रयोजनका पसलहरु पनि सञ्चालन गर्न दिइनेछ । निश्चित समय तोकि अब कपडा पसल, भाडा पसललगायत भिडभाड कम हुने पसलहरु खोल्न दिइनेछ ।

पछिल्लोपटक उपत्यकामा जारी गरिएको निषेधाज्ञा भोलि (सोमबार) राति सकिँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: