तीनै उपत्यकाका सिडिओको बैठक सुचारु, निषेधाज्ञामा अझ कडाई गरिने ‌तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २१

काठमाडौं । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिचको बैठक शुरु भएको छ ।

बैठकले निषेधाज्ञा शुरु भएयताका ६ दिनको समीक्षा गर्दै अब कस्ता कार्यहरुलाई अघि बढाउने भन्नेबारेमा निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

बैठक भर्खरै शुरु भएकाले छलफलपछि निर्णय गरिने भनिएतापनि तीनवटै जिल्ला प्रशासन कार्यालय श्रोतका अनुसार अब थप कडाइका साथ निषेधाज्ञा बढाउने तयारी गरिएको छ ।

पहिलो चरणमा ७ दिनका लागि लागू गरिएको निषेधाज्ञा भोलि बुधबार राति १२ बजेदेखि सकिँदैछ । पहिलो चरणको निषेधाज्ञा कोभिड नियन्त्रणका लागि प्रभावकारी देखिएको भएपनि मानिसको आउजाउ भने नरोकिएकाले दोश्रो चरणमा अझ कडाइका साथ निषेधाज्ञा लगाउनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुको एकमत छ ।

श्रोतका अनुसार ‘फेरि पनि एक हप्ताका लागि लकडाउन लम्ब्याउने र थप कडाइ गर्ने तयारी छ । आजको बैठकले त्यसलाई आधिकारिकता दिने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *