सोलुखुम्बु – सोलुखुम्बुमा यहि आईतबारबाट लागु हुने गरी १५ दिने निषेधाज्ञा जारी गरिने भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निर्णग गरे अनुसार कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले आगामि आईतबार मध्यराती १२ बजेबाट दुई साताका लागि निषेधाज्ञा लागु गरिने भएको हो ।
जिल्लामा आवागमन ठप्प पार्नुका साथै भीडभाड हुने क्षेत्रमा कडाई गरिने प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले निष्कर्ष निकालेको हो । पछिल्लो एक साता यता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सोलुखुम्बु जिल्लामा निषेधाज्ञा लागु गर्न लागिएको हो ।
निषेधाज्ञाको समय अवधि भरि छोटो तथा लामो दुरीको कुनै पनि सवारी साधन नचल्ने प्रमुख जिल्ला अधिकारी शाहीले बताए ।
हाल जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया