×

आजबाट काठमाडौंमा के के खोल्न अनुमति दिइएको छ?

असार १, २०७८ | दाक्सु मिडिया

काठमाडौं । आज असार १ देखि काठमाडौं उपत्यकामा असार ७ गतेसम्मका लागि नयाँ निषेधाज्ञा जारी गरिएको छ ।

आजबाट खाद्यान्न पसल, तरकारी, मासु, ग्यास पसलहरु, फलफूल, दूध डेरी, किराना पसल बिहान ११ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपक्षीजन्य पदार्थ, भेटनरीसम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाइमा प्रयोग गरिने मास्क, साबुन, स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बिउलगायत सामग्री ढुवानी गर्दा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ देखि बिहान ११ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाइनेछ ।

निर्माण सामग्री ढुवानीका लागि सवारी–साधन राति ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: