|
२०७८ आश्विन ११
काठमाडौँ । काठमाडौं महानगरपालिकामा आजबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनेका को पहिलो मात्रा दिईने भएको छ।
३२ वटै वडाका खोप केन्द्र तथा सातवटा अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार १८ वर्षमाथिका सबै नागरिकले केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।
नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा खोप लगाउन सकिनेछ । बिहान १० बजेबाट सुरु भएको खोप कार्यक्रम अपराह्न ४ बजेसम्म चल्नेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्