वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. शान्ता सापकोटालाई

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २

काठमाडौँ – वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. शान्ता सापकोटालाई दिइएको छ।

डा। सापकोटालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. डिएन साहले निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीको कार्यकाल आइतबारदेखि नै सकिएकोले अस्पतालको दैनिक कामकाज चलाउन डा। सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको हो।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मा दिइएको हो ।

ऐनेस्थेसियोलोजिष्ट डा. सापकोटा अस्पतालकी वरिष्ठ हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *